माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक « Khabarhub

माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउन तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल गर्ने भएको छ ।

सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवा सरकारमा माओवादीबाट दुई जना मन्त्री भइसकेका छन् । साथै कांग्रेसबाट पनि दुई जना मन्त्री भएका छन् ।

भोलि नै कंग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनमा रहेका कांग्रेस र माओवादी दुवैले संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : १३ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ