कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता « Khabarhub

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

शनिबार नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यान्वयनमा जुटेका बेला प्रचण्डले नेपाललाई भेटेका हुन् ।

पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ ।

गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : १३ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको