नेपाल प्रहरीमा दुईवटा ब्यूरो स्थापना « Khabarhub

नेपाल प्रहरीमा दुईवटा ब्यूरो स्थापना


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा दुईवटा ब्यूरो स्थापना भएका छन् । नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन ब्यूरो बबरमहलमा स्थापना भएको हो ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो ।

गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्ने भएका छन् ।

हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन ब्यूरोमा ६० दरबन्दी रहनेछ । साइबर अनुसन्धान ब्यूरोको प्रमुखमा प्रहरी नायब महानिरीक्षक डिआइजी र मानव बेचबिखन ब्यूरोको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ३८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार