एनआईसी एसिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल « Khabarhub

एनआईसी एसिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्।

क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

भारतको आईसीआईसी बैंकमासमेत काम गरेका ढकालसँग नेपालको विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको छ। उनी व्यावसायिक चार्टर्ड अकाउण्टेण्ट हुन्।

‘हाल एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामासमेत अध्यक्ष रहनुभएका उहाँले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएका छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ५६ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो