विश्वासको मत : राप्रपा र नेमकिपा तटस्थ, राष्ट्रिय जनमोर्चाको मत देउवालाई « Khabarhub

विश्वासको मत : राप्रपा र नेमकिपा तटस्थ, राष्ट्रिय जनमोर्चाको मत देउवालाई


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गरेका छन् ।

उनले भने, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ ।”

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका दुर्गा पौडलले अदालतले दिएको आदेश, संविधानको मर्म र भावना तथा विगतको सरकारका कमी कमजोरीबाट शिक्षा लिएर राम्रा काम गर्न सरकारलाई सुझावका साथ पक्षमा मतदान गर्ने निर्णय सुनाए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले जनता र मजदूरको हितमा ठूला दलले काम नगरेकाले पक्ष वा विपक्ष मतदान नगरी तटस्थ रहेको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्रीको जवाफ

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी राख्नुभएको प्रस्तावका सम्बन्धम सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र र राष्ट्रियताको पक्षमा अदालतको निर्णय आएको बताए ।

उनले भने, “सबै जातजाति समुदायको देश भएकाले विकास र समृद्धिका लागि मिलेर काम गर्न तयार छु, हामी मिलेर काम गरौँ । सरकारको अहिलेको प्राथमिकता कोरोना खोप नै हो ।”

प्रधानमन्त्री देउवाको जवाफपछि विश्वासको प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम अघि बढेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०० बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्र शाहको उपस्थिति बिना सुरु भयो रास्वपा संसदीय दलको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले