अफगान राष्ट्रपति घानीको प्रश्न– तालिबान कसका लागि लडिरहेका छन् ? « Khabarhub

अफगान राष्ट्रपति घानीको प्रश्न– तालिबान कसका लागि लडिरहेका छन् ?


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल–अफगानिस्तानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति अशरफ घानीले अहिलेको हिंसाको निरन्तरताका लागि तालिवान जिम्मेवार भएको बताएका छन् । उनले प्रश्न गरेका छन्, ‘तालिबानहरु कसको पक्ष लिइरहेका छन् ? देशको विनाश भयो भने कसलाई फाइदा हुन्छ ?’

खोस्ट प्रान्तमा भएको भेलालाई सम्बोधन गर्दै घानीले स्वतन्त्रता, गणतन्त्र र सहअस्तित्वका लागि एकजुट भएर बस्नसमेत आग्रह गरेका छन् । अफगानिस्तानमा हिंसा बढेपछि राष्ट्रपति घानीले यस्तो बताएका हुन् ।

संयुक्त राज्य अमेरिकाले आफ्नो सेना फिर्ता लिन सुरु गर्दै सेप्टेम्बरसम्ममा सबै सेनाहरु पूर्णरुपमा फिर्ता गरिसक्ने घोषणा गरेपछि अफगानिस्तानमा तालिबानीहरुले आक्रमणलाई तीव्र पारेका छन् ।

‘तालिबान युद्धको निरन्तरताका लागि जिम्मेवार छ,’ घानीले भने, ‘तालिवानलाई सोध्नु पर्छ कि उनीहरू कसका लागि लडिरहेका छन् ? अफगानिस्तान बर्बाद भयो र अफगानी नागरिक मारिएमा कसलाई फाइदा हुन्छ?’

‘यदि तपाई अफगानिस्तानलाई माया गर्नुहुन्छ भने मलाई वाचा गर्नुहोस् कि तपाईले डुरन्ड लाइनलाई स्वीकार गर्नुभएन, अफगानिस्तानलाई एक चौबाटोबाट एकतर्फी सडकमा नबढाउने वाचा गर्नुहोस्, मलाई वाचा गर्नुहोस् कि तपाईले अफगानिस्तानको पानी अरुलाई बेच्नु हुनेछैन, मलाई वाचा गर्नुहोस् तपाईं अन्य मुलुकको स्वार्थका लागि आफ्नो मुलुकलाई घात गर्नुहुन्न,’ राष्ट्रपति घनीले तालिबानलाई औंल्याउँदै भने ।

‘हामी सबैसँग शान्ति चाहन्छौं । यसको फाइदा कसले पाउने छ ? देशमा विकास निर्माणका संरचनाहर ध्वस्त भइरहेका छन् ? यसको क्षति कसले ब्यहोरिरहेको छ ?,’घानीले प्रश्न गरे ।

मुलुकमा शान्तिको बारेमा कुरा गर्दै घानीले भने, ‘अफगानिस्तान सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाउन धेरै प्रयास गरिसकेको छ र शान्ति चाहन्छ, तर तालिवानले हिंसालाई निरन्तरता दिए ।’ उनले थपे, ‘उनीहरूले (तालिबानले) वार्तामा भाग लिनु पर्छ र बाहिरी व्यक्तिको हुकुमले उनीहरूको देश बिगार्नु हुँदैन ।’

यसैबीच तालिबानले देशभरका धेरै जिल्लाहरू नियन्त्रणमा लिएको छ र अमेरिकी गुप्तचरको मूल्यांकनले देशको नागरिक सरकार अमेरिकी सेना पूर्णरूपमा फिर्ता लिएको केही महिना भित्र आतंकवादी समूहको कब्जामा पर्नसक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ०० बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र