ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट घोषणा, कसरी सहभागी हुने ? « Khabarhub

ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट घोषणा, कसरी सहभागी हुने ?


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले आधिकारिक रूपमा ओपो रेनोभेटर्स २०२१, इमजिङ आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करण घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरूको प्रतिस्पर्धा गर्नका लागि नयाँ प्रविधि मार्फत तेस्रो संस्करण सहित ओपोले सो प्राजेक्ट घोषणा गरेको हो ।

विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयमान कलाकारहरूका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरूसँग प्रेरित हुँदै मार्गदर्शन प्राप्त गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

रेनोभेटर्सले नयाँ सिर्जना

ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरूलाई प्रविधि मार्फत आफ्ना सिर्जना तथा सोच प्रस्फुटनका लागि प्रेरित गर्छ । ओपोका ग्लोबल मार्केटिङ विलियमले भने, ‘ओपोले सधैँ नै श्रृजनात्मक युवा पुस्ताका शक्तिमाथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामु ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका युवा पुस्ता माझबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’

रेनोभेर्सको थिम प्रकाश

यस वर्षको रेनोभेर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख श्रोतका रूपमा प्रकाशलाई सधैँ माया तथा आशा जस्ता सकारात्मकताको प्रतिकका रूपमा लिने गरिन्छ । प्रकाशको न्यानोपन तथा चमक मार्फत शान्ति र आशावादको प्रत्याभुति दिन सकिने र यसै मार्फत युवा रचनाकारहरूलाई कलाको नयाँ सीमा कोर्दै तिनको श्रृजनशीलताका लागि झिल्का प्रदान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

कलाकारका लागि ग्लोबल स्टेज

ओपो रेनोभेटर्स २०२१ले कार्यक्रममा सहभागी प्रतिभावान कलाकारहरूको विकासका लागि ग्लोबल संसाधन प्रयोगमा ल्याउनेछन् ।

विभिन्न उपहार तथा अवार्डका साथै छनोटमा परेका कलाहरू लन्डन डिजाइन फेस्टिवल र दुबई वल्र्ड एक्स्पो जस्ता ग्लोबल एग्जिबिसन तथा ग्लोबल अनलाइन एग्जिबिसनमा प्रदर्शित हुने कम्पनीले जनाएको छ ।

प्रतिस्पर्धाको अन्तिम नतिजा सेप्टेम्बर १८ मा घोषणा गरिनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ४१ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र