हत्या आरोपमा पाँच जना पक्राउ « Khabarhub

हत्या आरोपमा पाँच जना पक्राउ


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनका छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो।

घटनापछि फरार अभियुक्तहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : ४८ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट