बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग « Khabarhub

बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाई गाउँपालिका–२ बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई रु एक लाख ६३ हजार सहयोग गरेको हो ।

शाहीको विगत एक वर्षदेखि सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचारका लागि रु २५ लाख रकम लाग्ने सञ्चारमाध्यममा आएपछि टिकटकमा सङ्गठित भएर सिन्धुपाल्चोकको सो संस्थाले देश तथा विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरी बालक शाहीलाई हस्तान्तरण गरेको हो ।

निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुयाँल र संस्थाका अध्यक्ष ईन्द्र आचार्यले संयुक्तरुपमा रकम आज हस्तान्तरण गरे ।

समाजिक सेवामा समर्पित संस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारलाई रु दुई लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेको थियो ।

सो संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना