कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको लडाइँमा सबै नेपाली एक भएर लाग्नु पर्ने बताएका छन् ।

कोरोनाका कारण अहिलेको अवस्था जटिल भएकाले योसँग जुध्न सबै एकजुट हुनु पर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपाल उद्योग परिसंघको १८ औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाका कारण देशको आर्थिक तथा समग्र क्षेत्र शिथिल भएकाले यसबाट माथि उठ्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताए ।

गरिबीको रेखा मुनी रहेका नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउन देशका उद्योगी व्यवसायीले पनि सहयोग गर्नु पर्ने उनले बताए । कोरोनालाई परास्त गर्ने सरकारको अभियानमा उद्योगी व्यवसायीलाई सहयोग गर्न उनले आह्वान गरे । उद्योगी व्यवसायीका साथै सबै क्षेत्रको साथ सहयोग भएमा छिट्टै कोरोनालाई परास्त गर्न सकिने उनको भनाइ छ ।

‘अहिलेको अवस्था जटिल छ । सबै नेपालीलाई नि:शुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’ उनले भने, ‘यो अभियानमा तपाईं उद्योगी व्यवसायीले पनि सहयोग गर्न आवश्यक छ । सबैको साथ सहयोग भए हामी कोरोनालाई चाँडै परास्त गर्न सक्छौँ ।’

देश विकासका निम्ति अर्थतन्त्र पनि बलियो हुनु पर्ने बताउँदै प्रधानमन्त्री देउवाले सरकारले महत्वका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ५५ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा