कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको लडाइँमा सबै नेपाली एक भएर लाग्नु पर्ने बताएका छन् ।

कोरोनाका कारण अहिलेको अवस्था जटिल भएकाले योसँग जुध्न सबै एकजुट हुनु पर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपाल उद्योग परिसंघको १८ औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाका कारण देशको आर्थिक तथा समग्र क्षेत्र शिथिल भएकाले यसबाट माथि उठ्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताए ।

गरिबीको रेखा मुनी रहेका नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउन देशका उद्योगी व्यवसायीले पनि सहयोग गर्नु पर्ने उनले बताए । कोरोनालाई परास्त गर्ने सरकारको अभियानमा उद्योगी व्यवसायीलाई सहयोग गर्न उनले आह्वान गरे । उद्योगी व्यवसायीका साथै सबै क्षेत्रको साथ सहयोग भएमा छिट्टै कोरोनालाई परास्त गर्न सकिने उनको भनाइ छ ।

‘अहिलेको अवस्था जटिल छ । सबै नेपालीलाई नि:शुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’ उनले भने, ‘यो अभियानमा तपाईं उद्योगी व्यवसायीले पनि सहयोग गर्न आवश्यक छ । सबैको साथ सहयोग भए हामी कोरोनालाई चाँडै परास्त गर्न सक्छौँ ।’

देश विकासका निम्ति अर्थतन्त्र पनि बलियो हुनु पर्ने बताउँदै प्रधानमन्त्री देउवाले सरकारले महत्वका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ५५ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ