शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिन चाहिन्छ विश्वसनीय कार्ययोजना | Khabarhub Khabarhub

शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिन चाहिन्छ विश्वसनीय कार्ययोजना


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थायी घर भएका विवेक दाहाल होटल चलाएर रमिरहेका छन् ।

उनी साइप्रसमा ६ वर्ष पढेर स्वदेशमै केही काम गर्छु भन्ने सोचका साथ फर्के । उनले हेटौँडामा रेस्टुरेन्ट खोलेको तीन वर्ष भयो ।

विवेकले नेपाल सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतमा ऋण दिन्छ भन्ने थाहा पाए । उनले व्यवसाय सञ्चालनमा केही राहत हुने ठानेर बैंकमा गए । बैंकले मागेका कागजातहरू पुर्‍याएर ६ प्रतिशत व्याजमा २०७६ माघमा ऋण लिए ।

ऋण लिने प्रक्रिया पूरा गर्न पाँच महिना लाग्यो । त्यसपछि एकमुष्ठ सात लाख रुपैयाँ पाए ।

विवेकले रेस्टुरेन्टमा सरकारी ऋणसहित ३५ लाख रुपैयाँ लगानी गरेका छन् । ऋण चुक्ता गरिसक्ने समय पाँच वर्ष हो । उनले दुई वर्ष नहुँदै व्याजसहित २ लाख ८० हजार रुपैयाँ बुझाइसके । कोरोना भाइरसका कारण व्यवसायमा केही असर परेको उनले बताए ।

स्वरोजगार बन्न चाहने शिक्षित युवाका लागि यस्तो सहुलियत ऋण उपयोगी हुने विवेको उनको भनाइ छ । उनले होटलसम्बन्धी तालिन दिने इन्स्टिच्युट पनि चलाएका छन् ।

काठमाडौँ सामाखुसीका अर्का युवाले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण लिएका छन् । उनले डेन्टल क्लिनिक चलाएका छन् । उनी अर्को एक ठाउँमा जागिर पनि गर्छन् । क्लिनिकबाट आम्दानी राम्रो भइरहेको उनले बताए । उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।

अब ऋण रकम २५ लाख

चालु आर्थिक वर्षदेखि शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रूपैयाँसम्म ऋण पाइने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त घोषणा गरेको हो ।

चार वर्षअघि शुरू गरिएको यो कार्यक्रममा चालु आर्थिक वर्षसम्म अधिकतम ७ लाख रुपैयाँ सीमा तोकिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर १३९ जना युवाले ऋण लिएका छन् । यो संख्या अपेक्षाअनुसार नभएको ठानिएको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रूपैयाँसम्म पाउने भएपछि युवाहरूको आकर्षण बढ्ने अपेक्षा सरकारको छ ।

यस्तो छ ऋण लिने प्रक्रिया

शैक्षिक प्रमाणपत्र धितोमा कर्जा पाउने भनेको शैक्षिक प्रमाणपत्र बैंकलाई बुझाउनासाथ पाइने होइन । यसमा खास मापदण्ड पूरा गर्नुपर्छ ।

सरकारले नीति बनाउने हो, ऋण बैंकले दिने हो । बैंकले समयमा चुक्ता हुने विश्वास खोज्छ । बैंकको उद्देश्य युवालाई ऋणी बनाउने होइन, व्यवसायी बनाउने हो । यसकारण उसले मापदण्डमा कडाइ गर्छ । विश्वास दिलाउनेले मात्रै ऋण पाउँछ । यसै कारण शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिनेको संख्या निकै कम भएको ठानिएको छ ।

ऋण लिन चाहने व्यवसायीले बैंकलाई विश्वसनीय कार्य योजना पेश गर्नुपर्छ । कार्य योजनाले निर्धारित अवधिमा ऋण चुक्ता गर्न सक्ने विश्वास दिलाउनुपर्छ ।

स्थायी लेखा नम्बर, कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको प्रमाण, कम्तीमा स्नातक उत्तीर्ण भएको शैक्षिक कागजात हुनुपर्छ । उमेर ४० वर्ष उमेर नाघेको हुनु हुँदैन ।

घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जस्ता कुनै आधिकारिक निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय सीप विकास तालिम लिएको हुनुपर्छ ।

ऋणको नयाँ कार्यविधि सार्वजनिक गरेको छैन । कार्यविधि चाँडै आउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : १० बजे

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन्

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि