म्यान्चेस्टर सिटीको मैत्रीपूर्ण खेल रद्द | Khabarhub Khabarhub

म्यान्चेस्टर सिटीको मैत्रीपूर्ण खेल रद्द


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रिमियर लिगको तयारी रहेको म्यानचेस्टर सिटीले फ्रेन्च क्लब ट्रोएससँगको मैत्रीपूर्ण खेल नखेल्ने भएको छ ।

कोरोना महामारीका कारण इंग्ल्यान्ड सरकारको नयाँ क्वारेन्टिन नियमले सिटी र ट्रोएसबीचको खेल रद्द गरिएको हो ।

प्रि-सिजन तयारी अन्तर्गत सिटीले जुलाई ३१ ट्रोएससँग उसैको मैदानमा खेल्ने तालिका रहेको थियो । तर, फ्रान्सबाट फर्किएपछि अनिवार्य १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि सिटीले मैत्रीपूर्ण खेल रद्द गरेको हो ।

अब सिटीले जुलाई २७ मा च्याम्पियनसिप क्लब प्रिस्टनसँग खेल्नेछ । उक्त खेल बन्द रंगशालामा हुनेछ । सिटीले अगस्ट १५ मा टोटेनहमसँग खेल्दै नयाँ सिजनको खेल थाल्दैछ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : ४५ बजे

माटो बेचेर दशैँ खर्चको जोहो

महोत्तरी– दशैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले

बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला

बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

बागलुङ– पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको

दशैँमा घर नजाउँ, मन मान्दैन : यात्रा गर्न जताततै सडकको अवरोध

काठमाडौं – सडकको अवस्था असहज हुँदा दशैँमा घर हिँडेका हजारौँ

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा– झापाको विर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक