६ महिलासहित १२ जुवाडे पक्राउ | Khabarhub Khabarhub

६ महिलासहित १२ जुवाडे पक्राउ


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  काठमाडौँको भोटेबहालबाट ६ महिलासहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौँ घर भएकी रन्जना प्रधान, बाग्लुङ्गकी श्रृजना खत्री, धादिङ घर भएकी सरिता मल्ल गुरुङ र काभ्रेकी लक्ष्मी बानियाँसहित १२ जना रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ९ : ४५ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको