पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पानीको स्वाद

कुनै कुनै जनावरले पानीको स्वाद थाहा पाउन सक्छन् । जस्तै— कुकुर, सुँगुर । मानिसको जिब्रोले भने पानीको स्वाद थाहा पाउन सक्दैन । पानीमा मिसिएको कुनै थोकको चाहिँ स्वाद थाहा पाउन सक्छ ।

२. कद

अमेरिकाको सबैभन्दा होचा राष्ट्रपति जेम्स म्याडिसन हुन् । उनको उचाइ ५ फिट ४ इन्च थियो । सबैभन्दा अग्ला राष्ट्रपति अब्राहम लिङ्कन हुन् । उनको उचाइ ६ फिट ४ इन्च थियो ।

३. सय वर्षे युद्ध

सन् १३३७ देखि १४५३ सम्म इङ्ग्ल्याण्ड र फ्रान्सबीच युद्ध भएको थियो । यसलाई नै सयवर्षे युद्ध भनिन्छ । सय वर्षे युद्ध भनिए तापनि यो युद्ध ११६ वर्षसम्म चलेको थियो ।

४. आमाशय

मानिसको आमाशयमा ३ करोड ५० लाख पाचनग्रन्थी हुन्छन् ।

५. जिउँदो ज्वालामुखी

संसारभर जमिनमा करिब ५०० वटा जति जिउँदा ज्वालामुखी छन् । योभन्दा बढी सङ्ख्यामा समुद्रभित्र छन् ।

साभार रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ४५ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले