जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान « Khabarhub

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए ।

“जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो,” उनले भने, “अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।”

अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए ।

“जिल्लामा विद्युत्को लाइन छ तर त्यो विद्युत् नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ”, उनले भने, “विद्युत् नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिन्छ ।”

जिल्लामा कोभिड–१९ सङ्क्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताए ।

“क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ”, उनले भने, “कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौँ ।”

जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ को उपचार भइरहेको छ । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ११ : १५ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट