बैंकको सिष्टम ह्याक गर्न चेतावनी दिनेको खोजी गर्दै राष्ट्र बैंक « Khabarhub

बैंकको सिष्टम ह्याक गर्न चेतावनी दिनेको खोजी गर्दै राष्ट्र बैंक

प्रहरी भन्छ- यो फेक सूचना हो


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका विभिन्न १५ बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान थालेको छ ।

इमेल तथा भाइबरबाट विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंकको आइटी टोली अनुसन्धानमा खटिएको राष्ट्र बैंकमा सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

उनले अहिले आफ्नै आइटी टीमले प्राप्त पत्रको बारेमा अनुसन्धान गरिरहेको बताउँदै आवश्यक परे प्रहरीको पनि सहयोग लिने बताए ।

उनले भने, ‘भाइबरमा आएको सूचना कसले पठाएको भन्ने खोजी भइरहेको छ । कुनै ह्याकर हो वा कसैले धम्कीमात्र दिएको हो अनुसन्धान गरिरहेका छौँ । आवश्यक परे प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गर्नेछौँ ।’ नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउनै नपर्ने उनले बताए।

यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले राष्ट्र बैंकसहित १५ बैंकलाई आएको धम्कीबारे जानकारी आएको बताए । यसबारे प्रहरीले आफ्नो तवरबाट अनुसन्धान गरिरहेको कुँवरले बताए । उनका अनुसार यो फेक सूचना हुनसक्छ ।

उनले भने, ‘हाम्रो साइबर व्युरोले ह्याकिङको बारेमा सूचना आएपछि अनुसन्धान थालेको छ । अहिलेसम्मको अनुसन्धानबाट यो फेक भएको बुझिएको छ । थप अनुसन्धानमा हामी जुटेका छौँ ।’

कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशङ्का गरिएको बैंकका अधिकारीहरू बताउँछन् । ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १२ : २१ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि