पार्टी कसरी अघि बढ्छ हेरिरहेका छौँ, त्यही अनुसार आगामी बाटो तय गर्छौं – माधव नेपाल « Khabarhub

पार्टी कसरी अघि बढ्छ हेरिरहेका छौँ, त्यही अनुसार आगामी बाटो तय गर्छौं – माधव नेपाल


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले लिने नीति अनुसार आफूहरू अघि बढ्ने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीभित्र छलफल चलिरहेको छ । पार्टी कसरी अगाडि बढ्छ सोही अनुसार आगामी बाटो तय गर्नेछौँ ।’

नेता नेपालले पार्टीमा आफूहरूमाथि धेरै अपमान भएको बताएका छन् । उनले अपमान सहेर कोही पनि बस्न नसक्ने बताएका छन् ।

उनले भने, ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन । गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशिक्षण हामीले पाएका छैनौँ ।’

उनले अरूको अपमान गर्नेले समाज र राष्ट्रको पनि अपमान गर्ने भएकाले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गनुपर्ने बताए।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  २ : ४४ बजे

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता

लन्डन- रूसमा हालै भएका युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य