आजदेखि अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ सेवन गरे जरिवाना « Khabarhub

आजदेखि अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ सेवन गरे जरिवाना


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (आइतबार) देखि काठमाडौं उपत्यका भित्रका अस्पताल परिसरमा सुर्तीजन्य पदार्थको प्रयोगमा पूण प्रतिबन्ध लगाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र अस्पतालहरुको पहलमा उपत्यकाका सबै नीजि तथा सरकारी अस्पतालहरुमा आजदेखि सुर्तीजन्य पदार्थको प्रयोगमा पूर्ण निषेध गरिएको हो ।

अस्पताल क्षेत्रहरुमा सुतीजन्य पदार्थको बिक्री तथा सेवनको क्रम बढ्दै गएपछि प्ररहीले अभियानकै रुपमा अस्पतालको सय मिटरको दुरीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने नियम कार्यन्वयनको थालनि गरेको हो । प्रहरीले आज उपत्यका भित्रका ११ वटा अस्पतालपरिसरमा सुर्तीजन्य पदार्थ निषेध सम्बन्धि सचेतना कार्यक्रम नै सञ्चाल गरेको छ ।

आजदेखि काठमाडौंका वीर अस्प्ताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, आर्मी अस्पताल, प्रहरी अस्पताल, कृतिपुर अस्पताल, सिभिल अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृह लगायतका ११ वटा अस्पतालहरुमा विषेश अभियान नै सञ्चालन भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले बताए ।

‘अस्पलतालको सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ विक्रीवितरण र उपभोग केही पनि गर्न पाइदैन, प्रवक्ता बोगटीले भने, ‘हामीले पहिलो पटक सचेतना दिन्छौं । सचेतनाको कार्यक्रम पछि पनि सुर्तीजन्य पदार्थको प्रयोग भएको पाइएमा जरिवाना गछौं ।’

अस्पतालक्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई एक सय जरिवाना गर्ने र जरिवाना पछि पनि सुर्तीजन्य पदार्थको गरेमा जरिवाना थप गर्दै जाने डिएसपी बोगटीको भनाइ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १ : ३५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ