पुष्पन र एलिनाको ‘ऐना हेरी हेरी’ | Khabarhub Khabarhub

पुष्पन र एलिनाको ‘ऐना हेरी हेरी’


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो रिलिज भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शिवराज योगीको शब्द छन् ।

सविता अधिकारीको निर्माण तथा गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् । ‘बटौली’, ‘तीन पाते’ जस्ता गीतमा अभिनय गरेकी अनु र आकाश कार्कीले पहिलो पटक एक साथ काम गरेका हुन् ।

नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अप्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ । मोडल आकाश र अनुको कामलाई धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्। यस अघि संगीतकार विसी र गायिको चौहानको स्वरमा पनि ‘ऐना हेरी हेरी’को लिरिकिल भिडियो रिलिज भैसकेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ३ : १० बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा

घोराहीको नीति तथा कार्यक्रम : गौरव बढाउने आयोजनालाई प्राथमिकता

दाङ– दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ का

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।