कोरोनाको तेस्रो लहर आउने स्वास्थ्य मन्त्रालयको चेतावनी, तयार रहन अस्पतालहरूलाई निर्देशन | Khabarhub Khabarhub

कोरोनाको तेस्रो लहर आउने स्वास्थ्य मन्त्रालयको चेतावनी, तयार रहन अस्पतालहरूलाई निर्देशन


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिँदै तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहरको जोखिम रहेको उल्लेख गरेका छन् ।

तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्या लगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहरको आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न अनुरोध छ ।’

मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए ।

“सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उनले भने, “तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।”

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ ।

नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ४ : ३४ बजे

भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने

एजेन्सी – भारतीय विदेशमन्त्री एस। जयशङ्कर परम्परागत कट्टर दुश्मन छिमेकी

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड

लेबनानका नेपालीको उद्धार तयारी, परराष्ट्रमन्त्री भन्छिन्- नाम संकलन हुँदैछ

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरेल र लेबननको लडाकु

पसले र डमीले रुँगेका काठमाडौंका सुनसान दशैँबजार (तस्बिरहरू)

काठमाडौं – नेपालीहरूको महान चाड बडादशैँ आउन करिब हप्ता दिनमात्रै