काठमाडौं उपत्यकामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन ७५१ जनामा स‌क्रमण पुष्टि  « Khabarhub

काठमाडौं उपत्यकामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन ७५१ जनामा स‌क्रमण पुष्टि 


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ नाघेको हो ।

मन्त्रालयका अनुसार विहीबार काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि हिजो बुधबार काठमाडौँ उपत्यकामा मात्रै ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोना संक्रमित थपिएका थिए ।

यस्तो छ काठमाडौँ उपत्यकाको पछिल्लो विवरण 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ०३ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा