अधिवेशन गर्न खोज्दा सामाजिक संस्थाका पदाधिकारी समातिए ! « Khabarhub

अधिवेशन गर्न खोज्दा सामाजिक संस्थाका पदाधिकारी समातिए !



नवलपुर– नवलपरासीपूर्व हुप्सेकोट गाउँपालिकास्थित खानेपानी संस्थाले विहीबार साधारणसभा तथा अधिवेशन गर्ने तयारी गर्दै थियो ।

सबै उपभोक्ताकै राय सल्लाहअनुसार देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेखबहादुर पुलामीमगर र सचिव भिमनारायण रेग्मीले तयारी थाले ।

जिल्ला प्रशासन कार्यालयले भने अगामी साउन २१ गतेसम्म निषेधाज्ञा जारी गरेको हुँदा उनीहरुले प्रशासनसँग अनुमति पनि मागे । तर प्रशासनले अनुमति दिएन । प्रशासनले अनुमति नदिएपछि उनीहरु हच्किए । सबै राजनीतिक दलको प्रतिनिधित्व हुने खानेपानी संस्थामा सबैको राय अनुसार नै उनीहरुले स्वास्थ्य सतर्कता अपनाएर अधिवेशन गर्ने तयारी गरे ।

पूर्ववत कार्यक्रमअनुसार नै विहीबार संस्थाको अधिवेशन गर्ने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयको टोली कार्यक्रमस्थल पुग्यो । स्थानीयले नै दिएको सुराकीका आधारमा प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा प्रहरीले संस्थाका अध्यक्ष र सचिव गरी दुई पदाधिकारीलाई पक्राउ गर्यो ।

आफूले यसअघि नै कार्यक्रम नगर्न लिखित निर्देशन दिएपनि अटेरी गरेका कारण नियन्त्रणमा लिनुपरेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् । स्थानीयले दिएको सूचनाकै आधारमा आफूले प्रहरी टोली पठाएको उनले बताइन् ।

बिहिबारलाई तोकिएको संस्थाको साधारण सभा तथा अधिवेशन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गरेको पत्रचारको अवज्ञा गरेको प्रशासनकको भनाइ छ ।

तीन हजार भन्दा बढी उपभोक्ता रहेको खानेपानी संस्थाको साधारणसभामा हुने भिडको कारण कोरोना संक्रमण जोखिम बढ्न सक्ने भएकाले रोक्न निर्देशन दिएको प्रजिअ पंगेनीले बताइन् । उनले राजनीतिक दलका कार्यक्रमहरु हुनुलाई भने स्वभाविक भएको प्रतिक्रिया दिइन् ।

विहान पक्राउ गरिएका अध्यक्ष पुलामी र सचिव रेग्मीद्वयलाई दिनभर जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखेर बेलुका छाडिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केही दिनअघि मात्रै कावासोतीमा पत्रकार सम्मेलन गर्नुका साथै ५ सय भन्दा बढी कार्यकर्ता भेटघाट कार्यक्रम गरेका थिए । उनले गैडाकोटमा झण्डै २ सय जनालाई पार्टी प्रवेश नै गराएका थिए । दुई दिने नवलपुर भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले दर्जनौं कार्यक्रममा सहभागी भएका थिए ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन २१ गतेसम्म निषेधाज्ञा जारी राखे पनि निषेधाज्ञा खुकुलो पारिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : १२ बजे

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत