प्रधानमन्त्री देउवासँग जापान र अष्ट्रेलियाका राजदूतको भेट « Khabarhub

प्रधानमन्त्री देउवासँग जापान र अष्ट्रेलियाका राजदूतको भेट


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापान र अष्ट्रेलियाका राजदूतले आज बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले कोभिडविरुद्धको खोप यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रयास भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

जापानले १६ लाखमात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेअनुरुप जापानका राजदूतले त्यससम्बन्धमा प्रधानमन्त्री देउवालाई पछिल्लो प्रगतिबारे जानकारी गराएका हुन् । हालै जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख एस्ट्राजेनिका खोप प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका विविध विषयमा उनीहरूबीच विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले खोप सहायता तथा थप सहयोग गर्ने जापानको प्रतिबद्धताको सराहना गर्दै जापान सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

यसैबीच प्रधानमन्त्रीसँगको भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड–१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले कोभिड–१९विरुद्धको प्रतिकार्यका लागि हालै अष्ट्रेलिया सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै अष्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : २८ बजे

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक

झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि…

काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान