कति सानो गाई « Khabarhub

कति सानो गाई


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रातारात चर्चा बटुलेपछि बंगलादेशको पुड्को गाई हेर्न पुग्नेहरुको घुइचो हुन थालेको छ । ‘रानी’ नाम दिइएको सो पुड्को गाई अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै ‘सेलिब्रिटी’ नै बनेको छ ।

बंगलादेशमा जारी लकडाउनकाबीच सो गाइ हेर्न जानेको संख्या उल्लेख्य छ । केवल २३ महिना उमेरको सो भुटानी गाईको उचाई ५१ सेन्टिमिटर मात्र छ भने २८ किलोग्राम वजन रहेको छ । यो गाईलाई हिँड्नमा समस्या छ र अन्य गाईसँग पनि डराउने हुनाले शिकोर एग्रो फार्ममा यसलाई अलग राखिएको छ ।

बंगलादेशको राजधानी शहर ढाका नजिकै रहेको चरीग्रामस्थित फार्ममा रहेको रानी विश्वको सबैभन्दा सानो गाई भएको दाबी गर्दै गिनिज वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने प्रकृयामा छ । अहिले विश्वको सबैभन्दा सानो गाईको कीर्तिमान भारतको मनिक्यम गाईको नाममा छ । जसको उचाइ ६१.१ सेन्टिमिटर छ ।

अत्यन्त कम खाने रानी दिनमा दुइपटक थोरै पिठो र भुस्सा मात्र खान्छ । उसलाई बाहिर हिँड्न मन पर्ने कसैले हातमा लिदाँ उ खुसी हुने फार्मका कर्मचारीहरुको अनुभव छ ।
एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : १० बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो