कति सानो गाई « Khabarhub

कति सानो गाई


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रातारात चर्चा बटुलेपछि बंगलादेशको पुड्को गाई हेर्न पुग्नेहरुको घुइचो हुन थालेको छ । ‘रानी’ नाम दिइएको सो पुड्को गाई अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै ‘सेलिब्रिटी’ नै बनेको छ ।

बंगलादेशमा जारी लकडाउनकाबीच सो गाइ हेर्न जानेको संख्या उल्लेख्य छ । केवल २३ महिना उमेरको सो भुटानी गाईको उचाई ५१ सेन्टिमिटर मात्र छ भने २८ किलोग्राम वजन रहेको छ । यो गाईलाई हिँड्नमा समस्या छ र अन्य गाईसँग पनि डराउने हुनाले शिकोर एग्रो फार्ममा यसलाई अलग राखिएको छ ।

बंगलादेशको राजधानी शहर ढाका नजिकै रहेको चरीग्रामस्थित फार्ममा रहेको रानी विश्वको सबैभन्दा सानो गाई भएको दाबी गर्दै गिनिज वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने प्रकृयामा छ । अहिले विश्वको सबैभन्दा सानो गाईको कीर्तिमान भारतको मनिक्यम गाईको नाममा छ । जसको उचाइ ६१.१ सेन्टिमिटर छ ।

अत्यन्त कम खाने रानी दिनमा दुइपटक थोरै पिठो र भुस्सा मात्र खान्छ । उसलाई बाहिर हिँड्न मन पर्ने कसैले हातमा लिदाँ उ खुसी हुने फार्मका कर्मचारीहरुको अनुभव छ ।
एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : १० बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले