गण्डकीको मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ « Khabarhub

गण्डकीको मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ



पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

मुख्यमन्त्रीको शपथ लिएको ४२ दिनपछि उनले ११ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

माओवादी केन्द्रबाट ३ जना र नेपाली कांग्रेसबाट ३ जना थप गरी आज ६ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज माओवादी केन्द्रबाट कास्कीका रामजी बराल ‘जीवन’, बाग्लुङका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगरलाई मन्त्री बनेका छन् । बराल अर्थ, बुढा भूमि ब्यवस्था तथा कृषि र चर्तिमगरलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, नेपाली कांग्रेसबाट विन्दुकुमार थापा, मणिभद्र शर्मा र मेखलाल श्रेष्ठलाई मन्त्री बनाइएको छ । थापालाई कानून, सञ्चार तथा प्रदेश मामिला, कण्डेललाई पर्यटन तथा उद्योग र श्रेष्ठलाई समाजिक विकास मन्त्री बनाइएको छ ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य, जसपाका हरिशरण आचार्यलाई ऊर्जा तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई यसअघि नै खेलकूद मन्त्री बनाइएको छ ।

यस्तो छ मन्त्रिपरिषदको सूची

१) मुख्यमन्त्री– कृष्णचन्द्र नेपाली पोखरेल (नेपाली कांग्रेस)

२) भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था– कुमार खड्का, प्रवक्तासमेत (नेपाली कांग्रेस)

३) अर्थ– रामजी बराल (माओवादी केन्द्र)

४) ऊर्जा, जलस्रोत तथा खानेपानी– हरिशरण आचार्य (जसपा)

५) युवा तथा खेलकुद– राजीव गुरुङ (दीपक मनाङे) (स्वतन्त्र)

६) पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति– मणिभद्र शर्मा  (नेपाली कांग्रेस)

७) शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास– मेखलाल श्रेष्ठ (नेपाली कांग्रेस)

८) स्वास्थ्य तथा जनसंख्या– मधु अधिकारी (गुरुङ) (माओवादी केन्द्र)

९) भूमि ब्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण– चन्द्रबहादुर बुढा (माओवादी केन्द्र)

१०) कानून, सञ्चार तथा प्रदेशसभा मामिला– विन्दुकुमार थापा (नेपाली कांग्रेस)

१) वन, वातावरण तथा भूसंरक्षण– दीपक चर्तीमगर (माओवादी केन्द्र)

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५