निखिल उप्रेती भन्छन् – करोड बढी खर्च भइसक्यो, साथीहरूले धोका दिए « Khabarhub

निखिल उप्रेती भन्छन् – करोड बढी खर्च भइसक्यो, साथीहरूले धोका दिए


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार निखिल उप्रेतीले दुई वर्षअघि घोषणा गरेको फिल्म ‘कमिटमेन्ट’ छायांकन हुँदाहुँदै रोकियो । फिल्म निर्माणका लागि झण्डै एक करोड खर्च भइसकेको थियो । यो फिल्म ५ करोडमा निर्माण सम्पन्न गरिने भनिएको थियो । तर, दुई वर्ष हुँदा फिल्मको निर्माण सकिनुको साटो शूटिङ रोकिएको छ । बजारमा हल्ला चलिरहेको छ, अब यो फिल्म बन्दैन ।

यता अभिनेता निखिल उप्रेतीले भने यो फिल्म जुनै पनि हालतमा बन्ने दाबी गरेका छन् । उनका अनुसार फिल्म निर्माण गर्ने भनेर एक करोडभन्दा बढी खर्च भइसकेको छ । तर, पछि निर्मातामा ‘फाटो’ आउँदा फिल्मको छायांकन अगाडि बढ्न सकेन ।

‘पहिलोपटक मेरो एउटा ठूलो क्यानभासको फिल्म बनाउने कोशिश थियो, यो फिल्म बन्न चाहिँ बन्छ,’ अभिनेता उप्रेतीले खबरहबसँगको कुराकानीमा भने, ‘भारतीय कलाकारले पनि फिल्मको कथा रुचाएका थिए, फिल्मको कथा गज्जबको छ, भिडियो गेममा आधारित छ ।’

उनले एकैपटक ठूलो फिल्ममा काम गर्दा गाह्रो भएको बताए । उनका अनुसार फिल्ममा अन्य भारतीय कलाकारसँग पनि काम गर्ने सहमति भएको थियो । तर, भारतीय कलाकारले छायांकनमा समय मिलाउन नसक्दा शूटिङ रोकिएको निखिलले बताए । ‘उनीहरुका लागि हाम्रो फिल्म पहिलो प्राथमिकतामा पर्दैन, शूटिङका लागि कलाकारको समय नमिल्दा छायांकन नै रोकियो,’ निखिलले भने ।

उनले फिल्म कि त भयंकर बनाउने, नत्र बरु नबनाउने भन्ने सोच बनाएकाले कामचलाउ टाइपको फिल्म बनाउन नखोजेको बताए । फिल्मको छायांकन ढिलो भएपछि पछि निर्माताहरुमा नै समस्या देखिएको पनि उनले खुलाए । उनले भने, ‘अन्तिममा मेरै टिमका साथीहरुले मलाई धोका दिँदै गए, बजेट लिकेज हुँदै गयो ।’

निखिलले अहिले यो कथामा फिल्म रोकिए पनि कुनै न कुनै समय बन्ने विश्वास व्यक्त गरे । ‘अहिले फिल्म रोकिएको छ । तर कुनै न कुनै समय बन्छ,’ उनले भने । यो फिल्मको कथा भारतका ‘ए ग्रेड’ फिल्म निर्माणका लागि माग भएको तर आफूले नदिएको पनि खबरहबलाई उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै