लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव : युनिसेफ | Khabarhub Khabarhub

लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव : युनिसेफ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) ले जनाएको छ ।

यूनिसेफका अनुसार लेबनानमा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, इन्धन र क्लोरीन र स्पेयर पार्ट्सजस्ता आपूर्तिको अभावले आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ ।

लेबनानका लागि युनिसेफका प्रतिनिधि युकी मोकुउले भने, “लेबनानको वर्तमान आर्थिक सङ्कटका कारण खानेपानीका उपकरण खरीद प्रक्रिया, मर्मतसुधार, पानीको उचित व्यवस्थापन र वितरण बिद्युतको अभाब र बढ्दो ईन्धन मूल्य लागतको खतराका कारण खानेपानीका स्रोतहरूलाई यथाअवस्थामा राख्न कठिन देखिएको छ । यसले ठूलो जनसङ्ख्या प्रभावित हुनेछ ।”

युनिसेफले सार्वजनिक खानेपानी प्रणाली बिग्रिएमा निजी खानेपानी आपूर्तिकर्ताको लागि पानी जम्मा गर्दा महिनामा पानीको लागत २०० प्रतिशतले बढ्नसक्ने बताएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : २५ बजे

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा

आज तिहारको मुख्य दिन भाइटीका

काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ।

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

आज २०८२ साल कात्तिक ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा