एक सयमा पसल बेचेर हिँडेपछि... | Khabarhub Khabarhub

एक सयमा पसल बेचेर हिँडेपछि…


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक कम्पनी वा पसलेले काममा सहजताकालागि मजदुर वा कर्मचारी राख्ने गर्दछन् । यस बापत कम्पनीले उनीहरुलाई समझदारी वा कम्पनीको नियम अनुसार तलव वा पारिश्रमिक दिने गर्दछन् । काम मन परेमा प्रमोशन वा तलब बढाउने गरीन्छ । तर एक मालिकले भने कर्मचारीको कामबाट यति प्रभावित भए कि उनले कर्मचारीलाई नै पसल बेचिदिए ।

अमेरिकाको कनेक्टिकनमा एक सैलुन मालिकले आफ्नो सैलुनमा काम गर्ने महिला कर्मचारीको कामबाट प्रभावित भएपछि आफ्नो पसलले उनलाई बेचिदिए । पसलमा काम गर्न राखेकी कर्मचारीको कामबाट मालिक यति प्रभावित भए कि उनले पूरै पसल ती कर्मचारीलाई मात्रै १ सय रुपैयाँमा बेचिदिए ।

पियो इम्पेरती नामक सैलुनका मालिकले सैलुनमा काम गर्ने हेयर स्टाइलिस्ट क्याथी मौरालाई १ डलरमा आफ्नो पसल बेचेका हुन् । क्याथी मौरालाई हाइस्कुल पास भएपछि उनैले पहिलो काम दिएका थिए । उनको काम र असल व्यवहारका कारण पियोले उनीसंगको मित्रता रहिरहोस् भनेर आफूले केवल १ डलरमासैलुन बेचेको बताएका छन् ।

७९ वर्षीय इम्पेरती अब स्वतन्त्र ठेकेदारको रुपमा काम गर्न थालेका छन् । इम्पेरतीले १९६५ मा सो व्यवसाय सुरु गरेका थिए । ३२ वर्षीय मौराले हाइस्कुलको पढाई पुरा भएपछि अनुभवको अभावमा उनलाई कसैले काम दिएका थिएनन् । सोहि बेला एक शिक्षिकाबाट इम्पेरतीको नम्बर पाएकी उनले फोनको आधारमा त्यहा काम पाएकि थिइन् ।

अब पसल क्याथीको भएको छ । अब उनले केवल कोठाको मासिक भाडा तिरेको भरमा हजारौं डलर खर्चेर बनाइएको सैलुन पाएकी छिन् । पसल धनी बनेपछि क्याथीले आफ्नो सैलुन चलाउने सपना पुरा भएको बताएकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ०८ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त