गर्दन दुख्छ ? निको पार्न गर्नुहोस् यी चार व्यायाम « Khabarhub

गर्दन दुख्छ ? निको पार्न गर्नुहोस् यी चार व्यायाम



व्यस्तता, भागदौड र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन् । गर्दन दुखाइ हड्डी खिएर, नसा च्यापिएर, कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा गर्दनका मांसपेसीलाई बलियो बनाउन निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ।

यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ ।

व्यायाम-१

दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस । अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई अगाडि र टाउकोले हातलाई पछाडि पट्टी धकेल्नुस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।

व्यायाम- २

दुबै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड कम्मर दर्दं सीधा राखेर बस्नुहोस् । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम- ३

देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस् र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिनेतिर ठेल्नुस् र टाउकोले देब्रेतिर ठेल्नुहोस् र २० सेकेण् सम्म रोकेर राख्नुहोस् ।

व्यायाम- ४

दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस् र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतिर ठेल्नुहोस् र टाउकोले दाहिनेतिर ठेल्नुहोस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

यी सबै व्यायामलाई पाँच पटक दोहराउनूहोस् ।

 

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : ५५ बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको