पर्साका स्थानीय तहहरु सहकार्य गरेर अगाडि बढ्ने « Khabarhub

पर्साका स्थानीय तहहरु सहकार्य गरेर अगाडि बढ्ने


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– पर्सा जिल्लाका स्थानीय तहले विपद तथा दैवी प्रकोपटका घटनासँग जुध्न एक–आपसमा सहकार्य गर्ने निर्णय गरेका छन् । साथै प्राकृति स्रोत साधनको प्रयोग र वितरणमा पनि विवाद नहुने गरी अगाडि बढ्ने पर्साका स्थानीय तहले समझदारी गरेका छन् ।

वीरगन्जमा सम्पन्न स्थानीय तहहरुको समन्वय वैठकमा सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि समेत स्थानीय प्रशासनसँग मिलेर सहकार्य गर्ने स्थानीय तहका प्रमुखहरुबीच सहमति जुटेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा उल्लेखित ‘स्थानीय तहहरुले साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने’ व्यवस्थाअनुसार पर्साका स्थानीय तहले एक–आपसमा सहकार्य गर्ने निर्णय गरेका हुन् ।

स्थानीय तहबीच हुने सहकार्यका लागि क्षेत्रहरुको पहिचान गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

पर्सा जिल्लामा रहेका विभिन्न राजनैतिक चुनौती तथा साझा विकास लगायत विभिन्न मुद्दाहरुमा एकजुट भएर अगाडि बढ्ने स्थानीय तहका प्रमुखहरुबीच समझदारी बनेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ३ : ५८ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र