टोकियो ओलम्पिक : दोस्रो दिन एसियाली राष्ट्रको प्रभाव | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : दोस्रो दिन एसियाली राष्ट्रको प्रभाव

अमेरिका ४९ वर्षमा पहिलो दिन पदकविहीन


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको दोस्रो दिन एसियाली देशहरूको प्रभाव देखिएको छ । चीनले एकै दिन तीन स्वर्ण पदक जितेको छ । पहिलो दिन सुटिङ, साइक्लिङ, जुडो, तेक्वान्दो, फेन्सिङ, आर्चरी र भारोत्तोलनको पदक टुङ्गो लागेको हो ।

सुटिङको महिला १० मिटर एयर राइफलमा चीनकी याङ क्वीनले स्वर्ण पदक जितिन् । रसियाली ओलम्पिक कमिटीकी अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्चियनले काश्य पदक जिते ।

सुटिङकै पुरुष १० मिटर एयर पिस्तोलमा इरानकी जावेद फोरुगीले स्वर्ण, सर्बियाका डामिर मिकेकले रजत र चीनका पेङ वीले काश्य पदक जिते ।

सुटिङमा ठूलो फड्को मार्ने अपेक्षा गरेको भारतीय टोलीले शुरूवातमै कमजोर प्रदर्शन गरेको छ । पेस्तोलमा स्वर्ण पदक जित्ने अनुमान गरिएका सौरभ चौधरी पदक जित्न असफल भए । राइफलमा पनि भारतीयहरू कमजोर देखिए ।

भारोत्तोलनको महिला ४९ किलो तौल समूहमा चीनकी झाउ झी झाउन पहिलो, भारतकी मिराबी छानु दोस्रो र इन्डोनेसियाकी विन्डी कान्टीका तेस्रो भए । भारोत्तोलनमा महिला स्पर्धामा बलियो शक्तिको रूपमा रहेको उत्तर कोरिया यस ओलम्पिकमा सहभागी भएन । यसबाट चीनलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

आर्चरीको मिक्स टिम इभेन्टमा दक्षिण कोरियाले स्वर्ण, नेदरल्यान्डले रजत र मेक्सिकोले काश्य पदक जिते । रोड साइक्लिङको पुरुष स्पर्धामा इक्वेडरका रिचार्ड कर्पाजले स्वर्ण, बेल्जियमका भान आर्ट आउटले रजत र स्लाभोनीयाका पोगाकर टाडेले काश्य पदक जिते ।

जुडोको महिला ४८ किलो तौल समूहमा कोसोभोकी कासानोकी डिस्ट्रयाले स्वर्ण, जापानकी तोनाकी फुनाले रजत जिते । मङ्गोलियाकी उरान्स्ट्राग खुन्खावात र युक्रेनकी विलोडिडा डारियाले काश्य पदक जिते ।

पुरुष ६० किलो तौल समूहमा जापानका ताकातो नोसिआले स्वर्ण र चाइनिज ताइपेइका याङ योङ योइले काश्य पदक जिते । फ्रान्सका लुका एमखेज्दे र काजकिस्तानका स्मेल्टोभ एल्डसले काश्य पदक जिते ।

फेन्सिङको महिला फाइनलमा चीनकी सुन एवेनले स्वर्ण पदक जितेकी छिन् । रोमानियाकी पोपेस्कुअन मारियाले रजत र इस्टोनियाका काट्रिना लेविसले काश्य पदक जिते ।

फेन्सिङको पुरुष साब्रेमा हङ्गेरीका आरोन सिलाजिलले स्वर्ण र इटालीका लुइगी सामेलले रजत पदक जिते । कोरियामा किम जुह्वानले काश्य पदक जिते ।

शनिवार नै भएको साइक्लिङको पुरुष रोड रेसमा इक्वेडरका रिचार्ड करबराजले स्वर्ण, बेल्जियमका भानअटए ओउटले रजत र स्लोभाकियाका टाडाइ पोजागरले काश्य पदक जिते ।

तेक्वान्दोको महिला ४९ किलो तौल समूहमा थाइल्यान्डकी पाटानिक पानीकाकले स्वर्ण, स्पेनकी आड्रियाना सेरेजोले रजत जिते । इजरायलकी अबिराग सेमरेग र सर्बियाकी टिजाना बोज्डानोभीकले काश्य पदक जिते ।

पुरुष ५८ किलो तौल समूहमा इटालीका डेलो भेट्रा क्वेलाले स्वर्ण र ट्युनिसियाका जेन्देओवी खालीलले रजत पदक जिते । रसियन ओलम्पिक कमिटीका मिखायल आर्टामोनोभ र कोरियाका जाङ जनले काश्य पदक जिते ।

ओलम्पिक खेलकुदको पहिलो ४९ वर्षको इतिहासमा पहिलो दिन अमेरिका पदकविहीन भएको छ । सन् १९७२ को म्युनिख ओलम्पिकमा अमेरिका पहिलो दिन पदकविहीन भएको थियो ।

पहिलो दिन पदकको टुङ्गो लागेका धेरै खेल अमेरिकाको प्राथमिकतामा परेका त थिएनन् परन्तु सुटिङको एयर राइफलमा पदक अपेक्षा गरेको थियो ।

पहिलो दिन पदक नजितेको १९७२ को ओलम्पिकमा अमेरिका समग्र तालिकामा सोभियत सङ्घभन्दा पछि दोस्रो स्थानमा रहेको थियो ।

शनिवार नै निर्धारित जापानी र चेक जोडीबीचको बिच भलिबलको खेल चेक खेलाडीमा कोरोना सङ्क्रमण देखिएपछि स्थगित भएको छ । चेकका स्लुभोका नाउसाचले कोभिडका कारण ओलम्पिक गुमाए ।

छैटौँ खेलाडीमा कोरोना सङ्क्रमण देखिएपछि चेक ओलम्पिक कमिटीले विज्ञप्ति जारी गर्दै अवस्था गम्भीर भएको जनाएको छ ।

यो ओलम्पिक खेलकुदमा जापानलाई केही धक्का लागेको छ । पौडीको ४०० मिटर मेड्लीमा स्वर्ण पदकका प्रबल दाबेदार मानिएका डिएगो सेटो पहिलो चरणबाटै बाहिरिएका छन् । सेटोले माइकल फ्लेप्सको नाममा रहेको विश्व कीर्तिमान भङ्ग गर्ने अनुमान गरिएको थियो ।

जापानलाई जिम्न्यास्टिकमा पनि धक्का लागेको छ । जापानले धेरै आशा गरेको चार पटकका ओलम्पियन कोइची ओचीमुरा हाई बारमा कला देखाउने क्रममा भुइँमा पछारिएका थिए । उनी आफ्नो प्रदर्शन सकिनै लाग्दा लडेपछि फाइनलमा प्रवेश गर्न असफल भए ।

यसअघि उनी ओलम्पिक र विश्व च्याम्पियनसिपमा सबैभन्दा छाएका पुरुष जिम्न्यास्टिक खेलाडी थिए । सन् २००९ देखि २०१६ सम्म विश्व च्याम्पियनसिप र ओलम्पिकमा उनको दबदबा रहेको थियो ।

लन्डनमा अलराउन्डमा स्वर्ण पदक जितेका उनले रियो ओलम्पिकमा पनि यसैमा सफलता पाएर ४४ वर्षपछि अलराउन्डको उपाधि रक्षा गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान बनाएका थिए । उनले सन् २००८ को ओलम्पिकमा रजत पदक जितेका थिए ।

ओचिमिराले कुल ७ ओलम्पिक पदक जितेका छन् । ओलम्पिकमा तीन रजत र चार काश्य पदक जितेका उनले २१ विश्व च्याम्पियनसिप पदक जितेका छन् । एक ओलम्पिक साइकलमा भएका सबै अलराउन्ड स्पर्धामा स्वर्ण पदक जित्ने उनी जिम्न्यास्टिक इतिहासकै एक मात्र खेलाडी हुन् । उनको यो असफलतासँगै जिम्न्यास्टिकमा एउटा युगको अन्त्य भएको छ ।

शनिवार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुटिङमा १० मिटर एयर राइफलमा कल्पना परियारले राष्ट्रिय कीर्तिमान भङ्ग गरिन् । जुडोमा भने सोनिया भट्ट पहिलो चरणमा रुस ओलम्पिक कमिटीकी एरिना डोल्गोभासँग पराजित भइन् । डोपिङमा परेका कारण रुसले ‘रुस ओलम्पिक कमिटी’ को नाममा सहभागिता जनाएको छ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ४२ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।