जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले डडेल्धुराबाट दुई युवकलाई पक्राउ गरेको छ ।

परशुराम नगरपालिका–५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ललाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार आलिताल गाउँपालिकाकी एक १८ वर्षीय किशोरीलाई साउन ५ गते बुडरबाट मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै उनीहरूले बाटोमै जबरजस्ती करणी गरेका थिए । ती किशोरीले यसबारे उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएका हो ।

पक्राउ परेका दुबै युवकमाथि अदालतबाट सात दिने म्याद लिएर अनुसन्धान भइरहको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : १० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या