एमाले एकता जोगाउन कार्यदल सदस्य र सांसदहरूबीच छलफल « Khabarhub

एमाले एकता जोगाउन कार्यदल सदस्य र सांसदहरूबीच छलफल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता भीम रावलले एकता कार्यदलले गरेको १० बुँदे सहमति अनुसार नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा एमाले एकताका लागि प्रयास गरिरहेका सांसदहरुले आयोजना गरेको छलफल कार्यक्रममा रावलले अहिले आफूहरु एकताको नजिक रहेकाले कार्यदलले जुटाएको सहमतिमा अगाडि बढाउनुपर्ने बताएका हुन्।

विगतका गल्ती कमजोरीलाई समीक्षा गर्नुपर्ने र समयसँगै अब अन्तरविरोधहरु कम गर्दै लैजानुपर्ने उनले बताए । रावलले १० बुदे सहमतिका लागि अधिकतम प्रयास गरेको र यसलाई कार्यान्वयन गराउनका लागि सांसदसँग आग्रह गरिएको धारणा राखे । उनले एमाले एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

अर्का सांसद कृष्ण प्रसाद दाहालले १० बुँदे सहमति हुँदाहुँदै पनि समस्याहरु समाधान हुन नसकेकाले एकतामा समस्या भएको बताए । स्वार्थ केन्द्रीत विवादलाई अन्त्य गर्नुपर्नेमा सांसदहरुको जोड रहेको उनले बताए ।

अन्य सांसदहरुले पनि १० बुदेँ सहमतिकै सेरोफेरोमा रहेर नै पार्टीलाई एकतावद्ध गर्नुपर्ने जनाएका थिए । एमाले एकता अभियानमा रहेका सांसदहरुले कार्यदलमा रहेका दुवै पक्षका संयोजकसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : १० बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय