साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव « Khabarhub

साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३ औँ संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव गरेको छ ।

महासंघले नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजनाको प्रस्ताव गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको जनाएको छ ।

साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको छ ।

महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले विस्तृत प्रस्ताव तयार गरि अनुमोदनका लागि साफलाई पठाइने बताए ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले समेत आयोजनाका लागि दाबी गरेका छन् । नेपालले यसअघि सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : ३५ बजे

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य