सूर्य थापाले गरे भीम रावलको पहिलोपटक प्रशंसा | Khabarhub Khabarhub

सूर्य थापाले गरे भीम रावलको पहिलोपटक प्रशंसा


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले उपाध्यक्ष भीम रावलको अभिव्यक्तिलाई समर्थन गर्दै प्रशंसा गरेका छन् ।

एमालेबीचमै कडा आलोचकका रुपमा परिचित थापाले भीम रावलकै पनि निकै आलोचना गर्दै आएका थिए । तर, रावलको पछिल्लो अभिव्यक्तिलाई भने थापाले प्रशंसा गरेका छन् ।

आफ्नो पार्टी र पक्षभन्दा बाहेकलाई कडा प्रहार गर्ने थापाले रावलले पार्टी एकताका लागि दिएको मन्तव्यलाई लिएर प्रशंसा गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर दिँदै आफू नढलेको र एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको उपाध्यक्ष रावलको अभिव्यक्ति थियो ।

उक्त विचारलाई लिएर नेता थापाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ । – भीम रावल । चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव

निगमलाई प्रधानमन्त्रीको चेतावनी : आफ्नो इन्जिन विदेशमा थन्क्काएर भाडामा जहाज उडाउने कुरा सह्य हुँदैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको

मङ्सिर पहिलो साता अन्तर्राष्ट्रिय कर सम्मेलन हुने

काठमाडौं– नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मङ्सिर २

महामन्त्री गगनले भने : नियमित महाधिवेशनको च्याप्टर सकियो, मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्छ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई जनतामा पुनःविश्वास दिलाउन