राष्ट्रिय व्यवसायिक पहलद्वारा आम नागरिकलाई खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रिय व्यवसायिक पहलद्वारा आम नागरिकलाई खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले उद्योग कलकारखानामा काम गर्ने कामदार लगायत सबै नागरिकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना व्यक्त गर्दै व्यवसायिक पहलले अर्थतन्त्रलाई दीगो र मजबुत बनाउन तथा उद्योग व्यवसायलाई चलायमान बनाउन आवश्यक पहल गर्न आग्रह गरेको हो ।

व्यवसायिक पहलको टोलीले प्रधानमन्त्री देउवासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएहो हो ।

सो अवसरमा संस्थाका अध्यक्ष कुशकुमार जोशीले संस्थाले गरिरहेका कामहरुको बारेमा प्रधानमन्त्री देउवालाई जानकारी दिएका थिए । सरकारले आगामी वर्षभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउन गरेको निर्णयप्रति खुशी व्यक्त गर्दै उनले जनस्वास्थ्यका सवाल आगामी दिनमा अझ प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे ।

आफूहरुका सुझाव प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिँदै कार्यान्वयन गर्ने आश्वासन दिएको उनले बताए ।

भेटघाटमा राष्ट्रिय व्यवसायिक पहलका तर्फबाट अध्यक्ष जोशीको नेतृत्वमा संस्थापक अध्यक्ष पद्म ज्योति, महासचिव सुरेन्द्रवीर मलाकार, कोषाध्यक्ष दीपक मलहोत्रा, सचिवद्वय सुरेश प्रधान र गोपी न्यौपाने, सहकोषाध्यक्ष विनायक शाह र कार्यसमिति सदस्य रवीन्द्रमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ३९ बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको