नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान | Khabarhub Khabarhub

नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमक नगरपालिकाले जारी गरेको निषेधाज्ञाका कारण सोमबार बिहानैदेखि दमक बजार क्षेत्र सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खुकुलो पारिदै जाँदा संक्रमण उच्च भएपछि नगरपालिकाले कडाइका साथ लागू गर्ने भन्दै निषेधाज्ञा लागू गरेको हो ।

दमक नगरपालिकाले नगर क्षेत्र भित्र एकसाताका लागि निषेधाज्ञा लागू गरेको छ । नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीका अनुसार साउन ११ गते बिहान ४ देखि १७ गते मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा घोषणा गरिएको छ । सबै उद्योग, व्यापार, कार्यालयहरुसमेत बन्द गर्ने गरी निषेधाज्ञा घोषणा गरिएको छ । कोरोनाको संक्रमण दर पुनः बढ्न थाले पछि एकसाताका लागि निषेधाज्ञा लगाउनु परेको नगरपालिकाले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउँन बिहानैदेखि नगरप्रहरी तथा अन्य सुरक्षाकर्मीहरु समेत परिचालन भएका छन् । भित्री सडकहरुमा सवारी साधन चल्न दिईएको छैन भने अधिकांश बजार, पसल बन्द गरिएका छन् ।

यस अघि झापाका बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका तथा अर्जुनधारा नगरपालिकाकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिसकिएको छ ।

यस्तै कोरोना संक्रमण उच्च बने पछि झापाको बिर्तामोडमा पनि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । साउन १३ देखि १९ गतेसम्म नगर क्षेत्र भित्र निषेधाज्ञा लगाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ४५ बजे

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा

कृष्णपुरमा वैकल्पिक ऊर्जाको प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हरित जलवायु कोषको सहयोगमा स्वच्छ ऊर्जा

अस्ट्रेलियामा सवारी दुर्घटना, एकै परिवारका तीन नेपालीको मृत्यु

सिड्नी- अस्ट्रेलियास्थित भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा सवारी दुर्घटना हुँदा

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

गण्डकी– पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन

आयोगमा पुगेर सुधनले भने- हाम्रा माग पूरा नभएसम्म चुनाव हुन दिँदैनौँ

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म