पाकिस्तानका शहिद अफ्रिदीले ईपीएल खेल्ने | Khabarhub Khabarhub

पाकिस्तानका शहिद अफ्रिदीले ईपीएल खेल्ने


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व क्रिकेटको सफल अलराउण्डर शहिद अफ्रिदीले नेपालमा लिग क्रिकेट खेल्ने भएका छन् ।

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने पक्का भएको हो । काठमाडौँ किङ्स इलाभेनले ४४ वर्षे अफ्रिदीलाई चौथौँ संस्करणका लागि अनुबन्ध गरेको हो ।

कोरोना महामारीका कारण रोकिएको ईपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

किङ्स एलाभेनले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अफ्रिदीको अनुबन्धबारे जानकारी गराएको हो ।
सन् १९९६ मा केन्याविरुद्धको वन डे क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अफ्रिदीले ३९८ वटा वन डे, २७ वटा टेष्ट र ९९ वटा टी–२० खेलेका छन् ।

सन् १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा सय रन बनाउँदै सर्वाधिक छिटो सतकको कीर्तिमान बनाएपछि अफ्रिदी अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित बनेका थिए । पछि सो कीर्तिमान ३६ बलमा सय रन बनाउँदै न्युजिल्याण्डका कोरी एण्डरसनले तोडेका थिए । अहिले सो कीर्तिमान ३१ बलमा सय रन पूरा गरेको साउथ अफ्रिकाका एबीडी भिलियर्सको नाममा छ ।

ब्याटिङ्का साथै बलिङ्मा पनि अब्बल अफ्रिदीले तीनै फर्मेटको क्रिकेटमा ५४१ विकेट लिएका छन् । फिल्डिङ्मा पनि उनको योगदान उल्लेख्य रहँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : ०० बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६