पाकिस्तानका शहिद अफ्रिदीले ईपीएल खेल्ने « Khabarhub

पाकिस्तानका शहिद अफ्रिदीले ईपीएल खेल्ने


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व क्रिकेटको सफल अलराउण्डर शहिद अफ्रिदीले नेपालमा लिग क्रिकेट खेल्ने भएका छन् ।

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने पक्का भएको हो । काठमाडौँ किङ्स इलाभेनले ४४ वर्षे अफ्रिदीलाई चौथौँ संस्करणका लागि अनुबन्ध गरेको हो ।

कोरोना महामारीका कारण रोकिएको ईपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

किङ्स एलाभेनले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अफ्रिदीको अनुबन्धबारे जानकारी गराएको हो ।
सन् १९९६ मा केन्याविरुद्धको वन डे क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अफ्रिदीले ३९८ वटा वन डे, २७ वटा टेष्ट र ९९ वटा टी–२० खेलेका छन् ।

सन् १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा सय रन बनाउँदै सर्वाधिक छिटो सतकको कीर्तिमान बनाएपछि अफ्रिदी अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित बनेका थिए । पछि सो कीर्तिमान ३६ बलमा सय रन बनाउँदै न्युजिल्याण्डका कोरी एण्डरसनले तोडेका थिए । अहिले सो कीर्तिमान ३१ बलमा सय रन पूरा गरेको साउथ अफ्रिकाका एबीडी भिलियर्सको नाममा छ ।

ब्याटिङ्का साथै बलिङ्मा पनि अब्बल अफ्रिदीले तीनै फर्मेटको क्रिकेटमा ५४१ विकेट लिएका छन् । फिल्डिङ्मा पनि उनको योगदान उल्लेख्य रहँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : ०० बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार