इरानले अभूतपूर्व कठिनाई भोगिरहेको छ: रोहानी « Khabarhub

इरानले अभूतपूर्व कठिनाई भोगिरहेको छ: रोहानी


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण इरानले अभूतपूर्व कठिनाई व्यहोरिरहेको इरानका राष्ट्रपति हसन रोहानीले जनाएका छन् ।

राजधानी तेहरानमा राजनीतिक कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रपति रोहानीले सन् १९७९ मा इस्लामिक क्रान्ति भएयता इरानले यत्तिको दबाब महशुस नगरेको जनाएका छन् । सन् १९८० को दशकमा भएको इरान–इराक युद्धका बेलासमेत यत्रो दबाब महशुस नगरिएको उनको भनाइ छ ।

त्यसबेला अन्तर्राष्ट्रिय समुदायले इरानमाथि हतियारको मात्र प्रतिबन्ध लगाएको तर आर्थिक रुपमा त्यसबेला कुनै समस्या नरहेको उनको भनाइ छ । तर, पछिल्लो नाकाबन्दीका कारण अभूतपूर्व कठिनाई उत्पन्न भएको रोहानीले जनाएका छन् । उनले यस्तो कठिनाईबाट पार पाउन मुलुकमा राजनीतिक एकतामा जोड दिनुपर्ने जनाए । पछिल्लो समय इरानी राष्ट्रपति रोहानीमाथि मुलुकभित्र रहेका राजनीतिक उग्रवादी धारबाट सन् २०१५ मा भएको आणविक सम्झौताबाट पूर्ण रुपमा बाहिरिन चरम दबाब रहेको बताइन्छ ।

पछिल्लो समय सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका बाहिरिएसँगै अमेरिकाले इरानमाथि एकपछि अर्को नाकाबन्दीको घोषणा गर्दै आएको छ । त्यसबाहेक इरानबाट मध्यपूर्वमा रहेका आफ्ना सेना तथा आफ्ना साझेदारको सुरक्षामा खतरा उत्पन्न भएको भन्दै त्यस क्षेत्रमा लडाकु विमान वाहक नौसैनिक पानीजहाज तथा बम वर्षक विमान तैनाथ गरेपछि अमेरिका र इरानबीचको सम्बन्ध निकै खराब छ ।

त्यसअघि अमेरिकाले इरानको सैनिक दस्ता रिभल्यूशनरी गार्ड कप्र्स आइआरजीसीलाई आतंककारी समूहको सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : २८ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको