कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति देउवालाई बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति देउवालाई बुझायो प्रतिवेदन


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले गठन गरेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समिति संयोजक रमेश लेखकले सदस्यता छानविन समितिको प्रतिवेदन बुझाएका हुन् ।

८ लाख ५२ हजार क्रियाशील सदस्यताको विवरणसहितको प्रतिवेदन बुझाएपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता लेखकले भने, ‘हामीले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फ ७५ जिल्लामा प्रवेश गरेर बुझाएका छौँ।’

समिति संयोजक लेखकले बारा र सप्तरीको क्रियाशील सदस्यता नवीकरण भएको तर नयाँ वितरण गरिएका क्रियाशील सदस्यता भने टुंगोमा पुग्न नसकेको जानकारी दिए ।

उनले भने, ‘बारा र सप्तरीमा नवीकरणको बारेमा टुंगो लगाएका छौँ। नयाँ क्रियाशीलको कागजात ढिलो प्राप्त भएकाले त्यो विषयमा प्रवेश गर्न सकेनौँ । धनुषा ४ नम्बर क्षेत्र र सर्लाही–२ मा टुंगोमा पुग्न नसकेकाले केन्द्रीय नेतृत्वलाई नै टुंगोमा पुग्न अनुरोध गरेका छौँ ।’

समितिले तयार गरेको प्रतिवेदनमा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले फरक मत पेश गरेका छन् । तर विवाद भएका स्थानमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यताका आधारमा महाधिवेशन गर्ने निर्णय समितिले गरेको छ । नेता लेखकले भने, ‘प्रतिवेदन केन्द्रीय नेतृत्वसमक्ष प्रस्तुत गरेका छौँ । केही ठाउँ, केही निर्वाचन क्षेत्र र वडामा विवाद थियो । विवाद भएका स्थानमा नवीकरणतर्फ कै क्रियाशील सदस्यताले अधिवेशन गर्ने हामीले निर्णय गरेका छौँ । समितिमा सहमतिमै निर्णय भएको छ ।’

नेता लेखकले १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुंगोमा पुग्न नसकेको अवस्थामा अहिले भने केही स्थानमा मात्रै विवाद समाधान नभएको लेखकले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १ : २० बजे

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले संस्थापक शेयरधनीका

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिट निर्माण तथा

भेन्चर हायर पर्चेजले आइपीओ निष्काशन गर्ने

काठमाडौं – भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि सधारण शेयर

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं– सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

भोजन लिपि स्वादले नेपाली-थाई मित्रतालाई महत्त्व दिएको छः मन्त्री खड्का

भक्तपुर – ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले नेपाली