२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

 

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा १०, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा २६१, ताप्लेजुङमा १, तेह्रथुम ४, धनकुटामा ३१, पाँचथर २३, भोजपुरमा ३, मोरङमा २४९, संखुवासभामा २, सोलुखुम्बु २ र सुनसरी १८९ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४, पर्सामा २,  बारामा ६, महोत्तरीमा ६, रौतहटमा ९, सप्तरीमा ६, सर्लाहीमा ११ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४७५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३३, चितवनमा १९३, दोलखामा ५५, धादिङमा १९, नुवाकोटमा ३९, भक्तपुरमा १३२, मकवानपुरमा ७९, रसुवा २, रामेछापमा १४, ललितपुरमा १६७, सिन्धुपाल्चोकमा ११ र सिन्धुली ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २७८, गोरखामा १२, तनहुँमा ३६, नवलपरासी पूर्वमा ६६, पर्वत ८, मुस्ताङमा २, म्याग्दी २,  लमजुङमा ४, बागलुङमा २८ र स्याङजामा १९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ३, गुल्मीमा ६, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १४, प्यूठानमा३, बर्दियाका १६, बाँकेमा १२, रुकुम पूर्व १, रुपन्देहीमा १९ र रोल्पामा ४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्ला १, दैलेखमा १, रुकुम पश्चिममा ३, सल्यानमा १ र सुर्खेतमा १९ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ५, कैलालीमा ४९, डडेल्धुरामा ३, डोटी ५, र बझाङ २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ०९ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि