अवैधरूपमा बालुवा निकाल्दै बच्छला क्रसर उद्योग « Khabarhub

अवैधरूपमा बालुवा निकाल्दै बच्छला क्रसर उद्योग


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोक जिल्लामा नदीको बगरबाट अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी बढेको छ ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ मा रहेको बच्छला क्रसर उद्योगले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गरेको पाइएको छ ।

खानी तथा नदीजन्य पदार्थको उत्खनन् कार्यको अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले असार १ गते नै सूचना जारी गरी ३ महिनासम्म नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने जनाएको थियो ।

नीतिगत व्यवस्था अनुसार सो समयमा बगर उत्खनन्‌मा एक्साभेटर (डोजर) को प्रयोग गर्न नपाइने जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ बताउछन् । तर सो सूचनाको बेवास्ता गर्दै बच्छला क्रसर उद्योगले खुलेआम रुपमा नदीमा नै एक्साभेटर (डोजर) लगाएर बालुवा उत्खनन् गरिरहेको छ ।

क्रसरले बगरमा बिहान, साँझ र राति एक्साभेटर परिचालन गरी बालुवा निकालेर निकासी गरिरहेको स्थानीयले बताए ।

अवैधरुपमा उत्खनन् र ढुवानीमा संलग्न व्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य वस्तु जफत गर्ने गरेको जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए । सो बापत यस वर्ष मात्रै ३ लाख भन्दा बढी राजश्व संकलन भइसकेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोक जिल्लामा २० वटा क्रसर उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रामशरण गौतमले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुले आफूहरुलाई अटेर गरेको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : २२ बजे

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा

मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल

सांसदहरूलाई कुटनीतिक राहदानी दिन कानुन परिमार्जन गरिँदै

काठमाठौं– प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन

भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल

काठमाडौं– काभ्रेको बेथानचोक गाउँपालिका-३ मा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल