भरुवा बन्दुकसहित वडा सदस्यलगायत ३ जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित वडा सदस्यलगायत ३ जना पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा भरुवा बन्दुकसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपाकोट मझूवागढी नगरपालिका वडा नं १० का वडा सदस्य ५९ वर्षीय पर्शुराम बानियाँसहित ३ जना रहेका छन् ।

वडा सदस्य बानियाँसहित सोही स्थान बस्ने ३३ वर्षीय मिलन बाँनिया र मदनबहादुर बाँनियालाई हातहतियार र भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।

अवैध हातहतियार तथा खरखजना लुकाइ राखेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पर्शुरामको घरबाट एकनाल भरुवा बन्दुक, मदन बानियाँको घरबाट छर्रा, बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक नाल एक थान र मिलन बाँनियाको घरबाट बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक १ थान बरामद भएको डीएसपी लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : १७ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा