प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन संवाद : दुई पक्षीय हितका विषयमा कुराकानी | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन संवाद : दुई पक्षीय हितका विषयमा कुराकानी


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच टेलिफोन संवाद भएको छ ।

मंगलबार साँझ अमेरिकी विदेशमन्त्री ब्लिंकेन र प्रधानमन्त्री देउवाबीच टेलिफोन संवाद भएको हो ।

टेलिफोन संवादमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

संवादका क्रममा कोरोना भाइरसविरुद्धको खोप र अन्य सहयोगका साथै जलवायु परिवर्तनका बारेमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकेनसँग प्रधानमन्त्रीले देउवाले टेलिफोन संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवाले पनि अमेरिकी विदेशमन्त्री ब्लिंकनसँग टेलिफोनमा संवाद भएको र द्विपक्षीय हितका बारेका कुराकानी भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकाले हालै नेपाललाई कोरोनाका विरुद्धको १५ लाख डोज खोप उपलब्ध गराएकोमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनमार्फत अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)