मुम्बई चौथो पटक आईपीएल च्याम्पियन « Khabarhub

मुम्बई चौथो पटक आईपीएल च्याम्पियन


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा सम्पन्न १२ औं संस्करणको आईपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । निकै रोमान्चक बनेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि चुम्यो।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो। हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। मुम्बईले जितका लागि चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो। तर जवाफ ब्याटिङ गरेको चेन्नईले लक्ष्य भेट्टाउन सकेन। पुरै २० ओभर ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो। तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे।

मुम्बईका लागि जसप्रित बुम्राले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा मात्र १४ रन दिएका थिए। त्यस्तै राहुल चहारले पनि १४ रन खर्चिएर एक विकेट लिएका थिए। चेन्नईका लागि सेन वाट्सनले ८० रन जोडे पनि जितका लागि पर्याप्त भएन। चेन्नईको लगातार विकेट झरिरहँदा पनि ओपनर वाट्सनले एकातर्फबाट पारी सम्हाल्दै टिमलाई अगाडि बढाएका थिए। तर वाट्सन अन्तिम ओभरमा रन आउट हुन पुगेका थिए।

मुम्बईले खेलमा सुरुआत राम्रो गरेको थियो। मुम्बईका लागि सबभन्दा धेरै रन किरन पोलार्डले बनाए। उनले नटआउट ४१ रन बनाए। त्यस्तै क्वान्टन डिककले २९ र इसान किसानले २३ रन बनाए। चेन्नईका दीपक चहारले एक्लैले तीन विकेट लिए। त्यस्तै इमरान ताहिर र शार्दुल ठाकुरलले दुई दुई विकेट लिए।

योसँगै मुम्बईले चौथो पटक उपाधि उचाल्दै आईपीएलमा सबैभन्दा धेरै उपाधि उचाल्ने टिम बनेको छ । चेन्नईले उपविजेतामा चित्त बुझाएको छ । चौथो पटक उपाधि उचालेको मुम्बईले यसअघि सन् २०१३, २०१५ र २०१७ मा जितेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ५६ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक