जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज | Khabarhub Khabarhub

जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका आठ वटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब एक अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ ।

यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज हुने गरेको छ ।

आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात  गाउँपालिकामा खर्च हुन नसकेर रु एक अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७७/७८ मा पुँजीगततर्फ विनियोजित कूल रु दुई अर्ब ३१ करोड ३२ लाख ६० हजारमध्ये गत असार मसान्तसम्म रु एक अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात् ६३ दशमल ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ ।

यस्तै पुँजीगततर्फको कूल विनियोजित बजेटमध्ये रु ८३ करोड ५९ लाख ३० हजार अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन नसकेर राज्य कोषमा फिर्ता भएको कोष नियन्त्रक लक्ष्मीदत्त चौलागाईँले बताए ।

उनले भने, “विगतका तुलनामा विकास बजेट धेरै फ्रिज भयो, तर महामारीका बीच पनि बजेट खर्च राम्रै हो, विकास बजेट खर्च हुन नसकेर बजेट फिर्ता हुनु दुखद पक्ष हो, कार्यालयको तथ्याङ्कअनुसार असारमा मात्रै रु ६६ करोड ८६ लाख ५२ हजार ६०० पुँजीगततर्फ खर्च भएको छ ।

चालूतर्फ विनियोजित रु पाँच अर्ब ३० करोड ८ लाख ४५ हजारमध्ये असारसम्म रु चार अर्ब ७३ करोड ८४ लाख नौ हजार अर्थात् ९४ प्रतिशत बजेट खर्च भएको छ ।

चालूतर्फकै पनि रु २९ करोड ९९ लाख ९५ हजार अर्थात् विनियोजित बजेटको छ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको नियन्त्रक चौलागाईंले बताए ।

चालू तर्फको रु ६५ करोड ६१ लाख चार हजार असारमा मात्रै खर्च भएको छ । स्थानीय तह तथा विषयगत कार्यालयले खर्च गरेको विवरण उपलब्ध नगराएका कारण कुन तहको बजेट कति खर्च हुनसकेन भन्ने विवरण नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : ५५ बजे

जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)

काठमाडौं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा

भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारसँग भारत र चीनका

दार्चुलामा जिप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर

खलङ्गा– दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

चितवन– यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार