फ्रान्सले रोमबाट राजदूत फिर्ता बोलायो « Khabarhub

फ्रान्सले रोमबाट राजदूत फिर्ता बोलायो


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालीका उपप्रधानमन्त्रीले फ्रान्समा विरोध प्रदर्शन गर्दै आएका येल्लो भेष्ट अभियानका अभियन्तालाई भेटपछि फ्रान्सले इटालीबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ ।

इटालीका संस्थापनविरोधी अभियान फइभ स्टार मुभमेन्टका नेता तथा उपप्रधानमन्त्री लुइजी डि माइयोले येल्लो भेष्ट अभियानका नेतासँग भेट वार्ता गरेको तस्बीर ट्विट गरेका थिए । ट्विटमा उनले ‘‘आल्प्स पर्वतभर परिवर्तनको वायु’’ भन्ने सन्देश लेखेका थिए ।

त्यसलगत्तै फ्रान्सले इटालीका उपप्रधानमन्त्रीको यस्तो कदमप्रति विरोध जनाएको थियो ।

फ्रान्सेली विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै इटालीबाट भएको यस्तो उत्तेजक कदमको विरोध गर्दै रोममा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने जनाएको छ ।
फ्रान्समा येल्लो भेष्ट अभियानले राष्ट्रपति इम्मानुएल म्यक्रोंको राजीनामाको माग गर्र्दै विगत तीन महिनायता प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : १८ बजे

लगातार दुई बलमा लुम्बिनीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ?

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको