फ्रान्सले रोमबाट राजदूत फिर्ता बोलायो « Khabarhub

फ्रान्सले रोमबाट राजदूत फिर्ता बोलायो


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालीका उपप्रधानमन्त्रीले फ्रान्समा विरोध प्रदर्शन गर्दै आएका येल्लो भेष्ट अभियानका अभियन्तालाई भेटपछि फ्रान्सले इटालीबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ ।

इटालीका संस्थापनविरोधी अभियान फइभ स्टार मुभमेन्टका नेता तथा उपप्रधानमन्त्री लुइजी डि माइयोले येल्लो भेष्ट अभियानका नेतासँग भेट वार्ता गरेको तस्बीर ट्विट गरेका थिए । ट्विटमा उनले ‘‘आल्प्स पर्वतभर परिवर्तनको वायु’’ भन्ने सन्देश लेखेका थिए ।

त्यसलगत्तै फ्रान्सले इटालीका उपप्रधानमन्त्रीको यस्तो कदमप्रति विरोध जनाएको थियो ।

फ्रान्सेली विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै इटालीबाट भएको यस्तो उत्तेजक कदमको विरोध गर्दै रोममा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने जनाएको छ ।
फ्रान्समा येल्लो भेष्ट अभियानले राष्ट्रपति इम्मानुएल म्यक्रोंको राजीनामाको माग गर्र्दै विगत तीन महिनायता प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : १८ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको