श्रीलंकाविरूद्धको दोस्रो टी-ट्वान्टीमा भारत पराजित « Khabarhub

श्रीलंकाविरूद्धको दोस्रो टी-ट्वान्टीमा भारत पराजित


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टिम श्रीलंकाविरूद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा भारत  पराजित भएको छ ।

बुधबार राति कोलम्बोमा सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ४० रन बनाए ।  मिनोद भानुकाले ३६ रन जोड्दा वानिन्दु हसरंगाले १५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए । देवदुत पडीकलले २९ रन जोड्दा रुतुराज गायकवाडले २१ रन बनाए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : १० बजे

फेदापमा याक्थुङ मुन्धुम, सभ्यता, इतिहास र भाषाबारे भेला

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिकामा आदिवासी याक्थुङ (लिम्बू) मुन्धुम, सभ्यता, इतिहास

गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड

एजेन्सी– साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र

मुस्ताङमा चक्रपथ निर्माण

मुस्ताङ–  थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । विसं

ऊर्जामन्त्रीले गरे मर्स्याङ्दी विद्युत्गृहको निरीक्षण

दमौली– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको

उदयपुरमा विद्यालय बस दुर्घटना एक जनाको मृत्यु

कटारी– उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको