काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ « Khabarhub

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।

मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँच जनालाई पक्राउ गरेको हो ।

बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो । जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ८ : ०१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त