टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।

अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन् ।

चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : ३९ बजे

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको